बैंकको ब्याजदर अझै बढ्छ, सामना गर्न तयारी रहनुहोलाः गभर्नर अधिकारी « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

बैंकको ब्याजदर अझै बढ्छ, सामना गर्न तयारी रहनुहोलाः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान) ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बोल्दै ब्याजदर बढ्ने बताएका हुन् ।

उनले अहिलेको आर्थिक अवस्थाले पनि ब्याजदर बढ्ने बताए । साथै उनले ब्याजदर वृद्धिको सामना गर्नका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । उनले बैंकको ब्याजदर अझै बढ्ने दाबी गरेका हुन् । उनले भने, ‘बैंकिङ क्षेत्रमा ब्याजदर अझै बढ्छ । ब्याजदर वृद्धिको सामना गर्न सबै क्षेत्र तयार रहनुस् । अहिले नीतिगत ब्याजदर नै थप बढाउनुपर्ने अवस्था देखिएको छ । वर्तमान परिस्थितिले नै ब्याजदर वृद्धिको ‘डिमान्ड’ गरिरहेको छ । प्रणालीमा तरलता अभाव भयो, त्यसले ब्याजदरमा असर र्गयो । त्यही पनि ब्याजदर कोभिड अगाडिको भन्दा धेरै माथि गएको छैन । तर, परिस्थितिले भने ब्याजदर अहिलेको भन्दा माथि जानुपर्छ भन्ने डिमान्ड गरिरहेको छ ।’

अझै पनि प्रणालीमा तरलता अभाव रहेकाले ब्याजदर बढ्ने देखिएको गभर्नर अधिकारी बताउँछन् । वाह्य क्षेत्रमा समस्या देखिएकाले समाधानका लागि चुनौति रहेको उनको भनाई छ । आर्थिक संकटतर्फ उन्मुख रहेकोले सुधारको लागि भएपनि ब्याजदर वृद्धि आवश्यक रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्