महिला लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो, कुन सूचक कति बढे ? « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

महिला लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो, कुन सूचक कति बढे ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५५.७० प्रतिशत बढेर १० करोड २६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २८.८५ प्रतिशत बढेर २० करोड ६८ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ५ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.५० प्रतिशत बढेर १४ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३०.३६ प्रतिशत बढेर २५ करोड ७९ हजार रुपैयाँ, सापटी रकम २४.३३ प्रतिशत बढेर २ अर्ब ७३ करोड ३३ लाख ९३ हजार रुपैयाँ, निक्षेप ४३.८१ प्रतिशत बढेर १ अर्ब २४ करोड ८ लाख ५० हजार रुपैयाँ र कर्जा ४३.८१ प्रतिशत बढेर ४ अर्ब ३८ करोड ३६ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २२.४५ प्रतिशत बढेर २७ करोड ६८ लाख ५८ हजार रुपैयाँ र सञ्चालन नाफा ४८.१४ प्रतिशत घटेर ४ करोड १० लाख ९४ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७६ पैसा बढेर ९० रुपैयाँ ४२ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्