मानुषी लघुवित्तको नाफा ५५.८८ प्रतिशत बढ्यो « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

मानुषी लघुवित्तको नाफा ५५.८८ प्रतिशत बढ्यो



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५५.८८ प्रतिशत बढेर १ करोड ८६ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड १९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १५.९८ प्रतिशत बढेर ७ करोड ६ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ८ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ५६.८७ प्रतिशत बढेर ३ करोड १२ लाख ८० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ५६.२५ प्रतिशत बढेर १० करोड ९३ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ५३.७१ प्रतिशत ५ करोड २६ लाख ९६ हजार रुपैयाँ, सापटि रकम ६२.४१ प्रतिशत बढेर ६० करोड ६१ लाख ४० हजार रुपैयाँ, निक्षेप १९.११ प्रतिशत बढेर ७४ करोड ११ लाख ९ हजार रुपैयाँ र कर्जा ४९.३९ प्रतिशत बढेर १ अर्ब ४६ करोड ५७ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्