जीवन विकास लघुवित्त मार्याे फड्को, नाफा बढेसँगै ईपीएस ७४.४६ रुपैयाँ ! « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

जीवन विकास लघुवित्त मार्याे फड्को, नाफा बढेसँगै ईपीएस ७४.४६ रुपैयाँ !



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २.४२ प्रतिशत बढेर ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक बर्षको सोही अवधिमा लघुवित्तले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २०.३८ प्रतिशत बढेर १ अर्ब २० करोड ६९ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब २५ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १०५.७६ प्रतिशत बढेर ६० करोड २६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५१.८५ प्रतिशत बढेर १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ, जगेडा कोष १२.९४ प्रतिशत बढेर १ अर्ब ३३ करोड ७१ लाख ६ हजार रुपैयाँ, सापटि रकम ३.४९ प्रतिशत घटेर ९ अर्ब ८२ करोड ४ लाख ७० हजार रुपैयाँ, निक्षेप १६.४९ प्रतिशत बढेर ९ अर्ब ५ करोड ४८ लाख १७ हजार रुपैयाँ र कर्जा १३.७३ प्रतिशत बढेर २२ अर्ब ८३ करोड ४७ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.१६ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्