साना किसान विकास लघुवित्तको नाफा ८.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

साना किसान विकास लघुवित्तको नाफा ८.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ८.९० प्रतिशतले ५० करोड २५ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चैत समान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउदा खुद नाफा समेत सामान्य सुधार आएको हो । सो अवधिमा लघुवित्तका खुद ब्याज आम्दानी ६.४८ प्रतिशतले बढेर ९६ करोड २८ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९० करोड ४२ लाख ४६ हजार रुपैयाँमा सिमित रहेको थियो ।

गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ संचालन नाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा लघुवित्तको संचालन नाफा ८.९० प्रतिशतले बढेर ५० करोड २५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २५ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ, जगेडा ३३.६५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६४ लाख १८ हजार रुपैयाँ, रिटेण्ड अर्निङमा ९७ करोड ९९ लाख ११ हजार रुपैयाँ र शेयर प्रिमियममा १ करोड ८२ लाख सञ्चित गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८१ पैसा, मूल्य आम्दानी अनुपात २६ दशमलव ९६ गुणा,तरलता अनुपात २ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्