सामुदायिक लघुवित्तको खुद नाफा ६४.६८ प्रतिशतले वृद्धि, अन्य सूचकमा समेत आकर्षक सुधार

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ६४.६८ प्रतिशतले बढेर २ करोड ८१ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तको खुद नाफा १ करोड ७१ लाख १० हजार रुपैयाँमा सिमित रहेको थियो । समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा आकर्षक सुधार देखिएको छ । संचालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि हुदाँ खुद नाफा बढ्न पुगेको हो ।
चैत समान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा १२९.०७ प्रतिशतले बढेर ४ करोड ३४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा १ करोड ८९ लाख ७३ हजार रुपैयाँमा सिमित रहेको थियो ।
गत आर्थिक वर्षको सो अवधिमा ७ करोड ९९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आईपुग्दा खुद ब्याज आम्दानी १०.२९ प्रतिशतले बढेर ८ करोड ८१ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, समिक्षा अवधिसम्ममा लघुवित्तको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ, जगेडा ४२.५२ प्रतिशतले बढेर ९ करोड ४७ लाख ८३ हजार रुपैयाँ, सापटी ४.६७ प्रतिशतले बढेर ७२ करोड ५२ लाख ४३ हजार रुपैयाँ, निक्षेप १३.५७ प्रतिशतले बढेर ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा खराब कर्जा १.३६ प्रतिशतले घटेर ४.७२ प्रतिशतमा आएको छ । यसअवधिमा सामुदायिक लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ १८ पैसाले बढेर २८ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।