आरटीजीएस प्रणाली जेठ १ गते पनि सुचारु रहने « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

आरटीजीएस प्रणाली जेठ १ गते पनि सुचारु रहने



काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आरटिजीएस प्रणाली जेठ १ गते पनि सुचारु राख्न निर्देशन दिएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो ।

नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । सो अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले पनि आइतबार बिदा दिने निर्णय गरेसँगै जेठ १ गते(आइतबार) आरटीजीएस प्रणाली सुरु हुने भएको हो ।

विकास ऋणपत्र २०८३ ख को छैठौं किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीको लागि सो दिन आरटीजीएस प्रणाली सुचारु रहनेछ ।
आइतबार १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्