जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, शेयरधनीको हात रित्तो « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, शेयरधनीको हात रित्तो



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा जेठ २८ गतेका लागि बोलाएको छ । लघुवित्तको जेठ १ गते बसेको संचालक समितिको बैठकले बुटवल रुपन्देहीमा बस्नेगरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

उक्त सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित विषय संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डाहरुलाई अनुमोदन गरी पारित गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा राखेको छ ।

नेप्सेमार्फत जानकारी गराएको कम्पनीले सभाको समय भने सूचनामा उल्लेख गरेको छैन । गत माघमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो वर्ष लाभांश नदिने भएको छ ।

साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले जेठ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्