विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा जेठ २० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड सातौं वार्षिक साधारण सभा जेठ २० गतेका लागि बोलाएको छ । बैशाख २९ गते बसेको संचालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशिला ८ सिन्धुपाल्चोकमा बस्नेगरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षमो मुनाफाबाट शेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नग लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
संचालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक संख्या ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक २ जना निर्वाचन गर्ने कार्य सूची समेत सभाको रहेको छ । साथै कम्पनी एक आपसमा गाभ्ने र गाभिने तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर एक्विजिसन गर्न, ड्यु डिलिजेन्स अडिट गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्न अख्तियारी संचाल समितिलाई प्रदान गर्नेछ ।