समृद्धि फाइनान्समा आरटीजीएस सुबिधा « Arthapath.com
५ जेष्ठ २०७९, बिहीबार

समृद्धि फाइनान्समा आरटीजीएस सुबिधा



काठमाडौं । समृद्धि फाइनान्सले जेठ ४ गते बुधबारदेखि आरटीजीए प्रणालीमा प्रत्यक्ष सहभागीको रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंक बाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा प्रत्यक्ष सहभागी सेवा संचालमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्