महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी ४ अर्ब नाघ्यो, लाभांश बढाउँदै ६ बर्ष यताकै उच्च « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी ४ अर्ब नाघ्यो, लाभांश बढाउँदै ६ बर्ष यताकै उच्च



काठमाडौं । महालक्ष्मी विकास बैंकको २७ बर्ष पुरा भएको छ । बैंक जेठ ७ गतेदेखि २७ बर्ष पुरा गरी २८ औँ वर्षमा प्रवेश गरेको हो । २८ बर्ष अघि अर्थात वि.स. २०५२ सालमा स्थापना भएको महालक्ष्मी विकास बैंक ‘ख’ बर्गको राष्ट्रिय स्तरको रुपमा इजाजत प्राप्त बैंक हो ।

बैंकले देशभरिका विभिन्न स्थानमा १०३ शाखामार्फत झण्डै ६ लाख ग्राहकहरुलाई ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकका ३४ वटाभन्दा धेरै शाखा संजालहरु सञ्चालनमा छन् भने केन्द्रिय अर्थात प्रधान कार्यालय कार्यालय दरबारमार्ग काठमाडौंमा रहेको छ ।

स्थापनाकालमा ‘स्ट्रङ बैंक सक्सेसफुल को–अप्रेशन’ नारा बोकेको बैंकले हाल ‘मुस्कान सहित सेवा’ भन्ने नाराका साथ अघि बढिरहेको छ । विकास बैंकहरु मध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई क्ष्ऋब्ल् बाट बेस्ट प्रिजेन्टेड अवार्ड ९द्यएब्०(द्दण्ज्ञड बाट सम्मानित गरिएको थियो । त्यसैगरी बैंकले उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा बंगलादेशमा हुने क्ब्ँब्(द्दण्ज्ञड बाट पनि सम्मानित भएको थियो ।

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३४ करोड ९८ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष २ अर्ब २४ करोड ७५ लाख ४७ हजार रुपैयाँ, निक्षेप संकलन ४१ अर्ब ७७ करोड ९५ लाख ९० हजार रुपैयाँ र कर्जा ३८ अर्ब ८ करोड ६८ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको छ । उक्त लाभांश ६ वर्ष यताकै उच्च हो ।

बैंकले आर्थिक बर्ष २०७६–७७ मा ८.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४६ प्रतिशत नगद गरी कूल ९.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, बैंकले आर्थिक बर्ष २०७५–७६ मा ८ प्रतिशत बोनस शेयर र ९.८९ प्रतिशत नगद (करसहित) गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक बर्ष २०७४–७५ मा ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद (करसहित) गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक बर्ष २०७३–७४ मा ९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो भने बोनस शेयर वितरण गरेको थिएन ।

त्यस्तै, आर्थिक बर्ष २०७२–७३ मा ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने नगद लाभांश वितरण गरेको थिएन ।

बैंकको ६ बर्षको लाभांश इतिहास हेर्ने हो भने बैंकको लाभांश दर बढ्दै गएको छ । आगामी बर्षमा बैंकका सूचकहरु हेर्ने हो भने अझै उच्च लाभांश दिनसक्ने क्षमता बैंकसँग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्