किसान लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ? « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

किसान लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशित भएको मिति (जेठ ९ गते) ले ७ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय धनगढी उपमहानगरपालिका २ कैलाली वा कर्पोरेट कार्यालय बूढानीलकण्ठ ८ काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्