नबिल बैंकमा एनबि बैंक गाभ्न मुख्य भूमिका खेलेका ढुंगाना ४ वर्षको लागी सीईओमा नियुक्त « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

नबिल बैंकमा एनबि बैंक गाभ्न मुख्य भूमिका खेलेका ढुंगाना ४ वर्षको लागी सीईओमा नियुक्त



काठमाडौं । नबिल बैंकमा नेपाल बङ्गलादेश बैंक मर्ज गराउन मुख्य भूमिका निभाएका बैंकर ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । नबिल बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ढुंगानालाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

नबिल बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिँदै छ । सीईओ शाहको कार्यकाल सकिएको दोस्रो दिन देखि नै ढुंगानाले सीईओको पदभार ग्रहण गर्नेछन् ।

ढुंगाना गत पौष १६ गते नेपाल बङ्गलादेश बैंकको सीईओमा एक दशक कार्यकाल सकेर विदाई भइका थिए । ढुंगानाको अहिले कुलिङ पिरियड चलिरहेको छ । कुलिङ पिरियड सकिएपछि ढुंगानाले जुलाई १ तारिख अर्थात अषाढ १७ गते नबिल बैंकको सीईओ पद सम्हाल्ने छन् ।

नबिल बैंकको सीईओमा ढुंगानालाई नियुक्त गर्ने र ढुंगाना नियुक्त भएको केही दिनमा नै एकीकृत कारोबार गर्ने तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्