विन नेपाल लघुवित्तको साधारण सभाको मिति परिवर्तन « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

विन नेपाल लघुवित्तको साधारण सभाको मिति परिवर्तन



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड सातौं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । लघुवित्तको जेठ ९ गते बसेको संचालक समितिको बैठकले जेठ ३१ गते इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशिला ८ सिन्धुपाल्चोकमा बस्ने गरी सभा आव्हान गरेको हो ।

यस अघि लघुवित्तले जेठ २० गतेका इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशिला ८ सिन्धुपाल्चोकमा बस्नेगरी बोलाएको थियो । साधारण सभाको लागि बुक क्लोजको मिति ढिलो उपलब्ध गराएको भन्दै नेप्सेले लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेलाई साधारण सभा र बुक क्लोजको मिति पुनः तोक्ने जानकारी सहितको पत्र पठाएकाले जेठ ६ गतेदेखि कम्पनीको शेयर कारोबार सुचारु भएको थियो । सोही प्रतिवद्धता बमोजिम कम्पनीले पुनः सूचना जारी गर्दै साधारण सभाको मिति र बुक क्लोजको मिति परिवर्तन गरेको हो ।

सभाले गत आर्थिक वर्षमो मुनाफाबाट शेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

संचालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक संख्या ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक २ जना निर्वाचन गर्ने कार्य सूची समेत सभाको रहेको छ । साथै कम्पनी एक आपसमा गाभ्ने र गाभिने तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर एक्विजिसन गर्न, ड्यु डिलिजेन्स अडिट गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्न अख्तियारी संचाल समितिलाई प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्