मुक्तिनाथ बैंकको मुद्दती खाताहरुमा १२ प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याजदर पाइने « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

मुक्तिनाथ बैंकको मुद्दती खाताहरुमा १२ प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याजदर पाइने



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई व्यक्तिगत मुद्दती खाताहरुमा यो जेठ महिनाका लागि अत्यन्त लाभदायी अफर ल्याएको छ । बैंकले यो जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशत को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरेको छ ।

बैंकमा न्यूनतम ५ हजारको मुद्धती खाता खोल्न सकिने छ र अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्ष सम्म ग्राहकले रोज्न सक्नुहुनेछ । यस खाताबाट बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मिसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्