प्रतिकित्ता २२० रुपैयाँमा सानिमा बैंकको शेयर बिक्रीमा « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

प्रतिकित्ता २२० रुपैयाँमा सानिमा बैंकको शेयर बिक्रीमा



काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १५ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरे पछि बैंकले अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्ति तथा संघ संस्था आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ११ गते) ले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्