प्रतिकित्ता १५० रुपैयाँमा बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

प्रतिकित्ता १५० रुपैयाँमा बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरि आवेदन दिन दिन सकिने छ । कम्पनीले दिएको निवेदनका आधारमा बैंकले बुधवार उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । यक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नु पर्नेछ ।

उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्