मिर्मिरे लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय सस्था लिमिटेडले सस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
कम्पनीले चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।