पैसाको जोहो गर्नुहोस्: अभियान लघुवित्त र धौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला हुदैं « Artha Path
१२ श्रावण २०७९, बिहीबार

पैसाको जोहो गर्नुहोस्: अभियान लघुवित्त र धौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला हुदैं



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएका छन् ।

अभियान लघुवित्त
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँको आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

लघुवित्तले प्रतिशेयर १सय रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न छ । कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

धौलागिरी लघुवित्त
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी. १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघवित्तको आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समथ थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्