ज्योति विकास बैंकको खुद नाफा ७० करोड, वितरणयोग्य नाफा ३५ करोड पुग्दा अन्य सूचक कस्तो ? « Arthapath.com
२१ श्रावण २०७९, शनिबार

ज्योति विकास बैंकको खुद नाफा ७० करोड, वितरणयोग्य नाफा ३५ करोड पुग्दा अन्य सूचक कस्तो ?



काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ७० करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६६ करोड ३८ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५८ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त खुद ब्याज आम्दानीमा सुधार आई १ अर्ब ९५ करोड २ लाख ६५ हजार रुपैयाँ आर्वन गरेको छ ।

त्यस्तै, बैंकको संचालन नाफा समेत आकाशिएको छ । बैंकको संचालन नाफा ९४ करोड ९७ लाख ६५ हजार रुपैयाँ रहेकोमा गत आर्थिकको सो समिक्षा अवधिमा आइपुग्दा संचालन नाफा बढेर १ अर्ब २० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकको चुक्तापूँजी ४ अर्ब २६ करोड रहेको छ । वितरणयोग्य नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ८.२१ प्रतिशत लाभांश दिन सक्छ ।

समिक्षा अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ, निक्षेप संकलन५३ अर्ब रुपैयाँ, कर्जा लगानी ४८ अर्ब आर्जन गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी १६.४४ रुपैयाँ छ भने पीई रेसियो १८.३९ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने १३२.७३ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्