एनसीसीको शेयरमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

एनसीसीको शेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर बोलपत्रद्वारा सर्वसाधारणका लागि विक्रीमा ल्याएकोमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १३१ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरि आवेदन गर्ने सकिने छ ।

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायन अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आज (साउन २२ गते) सम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्युनतम १००० कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिने छ। यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्