एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । आइतबार लघुवित्तले एक सूचना प्रकाशित गर्दै ५ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृत, एसिसिए वा सेमी क्वालीफाइड सिए, उपप्रदेश प्रमुख र शाखा प्रमुखमा केही संख्या कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता सामान्य प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरि लघुवित्त तथा बैंकिङ क्षेत्रमा केही वर्ष अनुभवी कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २२ गते) ले १५ दिन अर्थात भदौ ५ गते भित्र संस्थाको वेभसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्