बलिया लघुवित्तहरु महिला, जीवन विकास, नेष्डो समृद्ध र जाल्पा सामुदायिकको यस्तो छ एकमुष्ठ विवरण « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

बलिया लघुवित्तहरु महिला, जीवन विकास, नेष्डो समृद्ध र जाल्पा सामुदायिकको यस्तो छ एकमुष्ठ विवरण



काठमाडौं । गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अधिकाश लघुवित्तले सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सो निर्देशिकालाई पालना हालसम्म अधिकांश लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरे पनि अझै पनि कति लघुवित्तले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने सकेका छ्रैनन् ।

अहिलेसम्म सार्वजनिक गरेका लघुवित्तले मध्य सबै भन्दा बलिया ४ लघुवित्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्तको यस्तो छ अवस्थाः

यी चार बलिया लघुवित्तमा सबै भन्दा बढी खुद नाफा कमाउने लघुवित्तमा जीवन विकास लघुवित्त रहेको छ । लघुवित्तको खुद नाफा ७८ करोड १८ लाख ३७ हजार रुपैयाँ रहेको छ भने खुद नाफा बढाउने लघुवित्तमा नेष्डो समृद्ध लघुवित्त रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले आफ्नो खुद नाफा ७१.०६ प्रतिशतले बढाएर २२ करोड १९ लाख ५० हजार रुपैयाँ रहेको छ । यी लघुवित्तहरु मध्य जाल्पा सामुदायिक लघुवित्तको खुद नाफा भने ४.६७ प्रतिशतले घटेको पाइएको छ ।

खुद नाफा
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६१.४३ प्रतिशतले बढेर १५ करोड ९९ हजार रुपैयाँ आर्जन गरेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १३.४० प्रतिशतले बढेर ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७१.०६ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४ दशमलव ६७ प्रतिशतले घटेर ९ करोड ८६ लाखमा झरेको छ ।

खुद ब्याज आम्दानी
खुद ब्याज आम्दानी सबै भन्दा बढी आर्जन गर्ने लघुवित्तमा जीवन विकास लघुवित्त रहेको छ । जीवन विकास लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रुपैयाँ, महिला लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख २६ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको खुद ब्याज आम्दानी ७.५८ प्रतिशतले घटेर ३८ करोड २३ लाख ३१ हजार रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी ३६.२० प्रतिशतले बढेर ३५ करोड ३९ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

संचालन नाफा
महिला लघुवित्तको संचालन नाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख ८६ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको संचालन नाफा ११२. ९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख ४ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको संचालन नाफा ७५.०४ प्रतिशतले बढेर ३५ करोड २३ लाख २ हजार रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालन नाफा १.४५ प्रतिशतले घटेर ९ करोड ४६ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

चुक्तापूँजी
महिला लघुवित्तको चुक्तापूँजी ४७.५० प्रतिशतले बढेर १४ करोड ७५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको चुक्तापूँजी ७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको चुक्तापूँजी ४८.१५ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्तापूँजी ४८.४२ प्रतिशतले बढेर १६ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोष
महिला लघुवित्तको जगेडा कोष ३५.०६ प्रतिशतले बढेर २९ करोड ८३ लाख ४० हजार रुपैयाँ, जीवन विकास लघुवित्तको जगेडा कोष १५.३३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको जगेडा कोष ५३.०७ प्रतिशतले बढेर ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.९९ प्रतिशतले बढेर ४७ करोड २६ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

निक्षेप संकलन
महिला लघुवित्तको निक्षेप संकलन ४४.३८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १९ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको निक्षेप संकलन १८ प्रतिशतले बढेर ९ अर्ब ५४ करोड ६६ लाख ९१ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको निक्षेप संकलन १२.४६ प्रतिशतले बढेर २ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निक्षेप संकलन २०.२५ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ८४ लाख १४ हजार रुपैयाँ रहेको छ ।

कर्जा
महिला लघुवित्तको कर्जा प्रवाह ३३.२३ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ, जीवन विकास बैंकको कर्जा प्रवाह १६.२३ प्रतिशतले बढेर २३ अर्ब ७७ करोड ९३ लाख ५७ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको कर्जा प्रवाह २२.९० प्रतिशतले बढेर ४ अर्ब ५८ करोड ३६ लाख ९० हजार रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्जा ४०.२९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड २५ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी
महिला लघुवित्तको प्रतिसेयर आम्दानी ९.४४ प्रतिशतले बढेर १०१ रुपैयाँ ७६ पैसा, जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसाले घटेर ७५ रुपैयाँ ६० पैसा र नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६६ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ
महिला लघुवित्तको प्रतिसेयर नेटवर्थ ५.८१ प्रतिशतले घटेर ३०२ रुपैयाँ २६ पैसा, जीवन विकास लघुवित्तको प्रतिसेयर नेटवर्थ ४५ रुपैयाँ ७१ पैसाले घटेर २६९ रुपैयाँ ८१ पैसा र नेष्डो समृद्ध लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्