एनएमबि बैक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज-सीइओ केसी « Arthapath.com
२६ श्रावण २०७९, बिहीबार

एनएमबि बैक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज-सीइओ केसी



काठमाडौ । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समुहकी सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी इतरकी कजा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आइबीच उक्त समझदारी आदान प्रदान भएको हो ।

यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कजा लगानी बढाउन मद्धत पुग्नेछ । एनएमबि बैंक चार वर्षको अवधिमा आइएफसिबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द व्यात्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१०, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाली प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्