समृद्धि फाइनान्सद्धारा हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम « Arthapath.com
३० श्रावण २०७९, सोमबार

समृद्धि फाइनान्सद्धारा हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम



काठमाडौं । समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौडा उ.म.न.पा.वडा न.१ मा रहेको श्री अमर माध्यमिक बिधालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक बिधालय र बुटवल वडा न.११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत बिधालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तरगत २७० जना बिधार्थीहरुलाई १,३५० थान कापी र २७० थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले श्रावण २५ गते नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत बिधालय र पोखरा वडा न. २१ मा रहेको श्री बयाली आधारभूत बिधालयमा पनि शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्