५ करोड १४ लाख खर्चेर इन्भेस्टमेन्ट बैङ्कले पशुपतिमा बनायो महास्नान घर « Arthapath.com
६ भाद्र २०७९, सोमबार

५ करोड १४ लाख खर्चेर इन्भेस्टमेन्ट बैङ्कले पशुपतिमा बनायो महास्नान घर



काठमाडौँ । इन्भेस्टमेन्ट बैङ्कले पशुपति विकाश क्षेत्र भित्र ३ करोड ३१ लाख रकम खर्चेर महास्नान घर बनाएको छ । बैंकको आर्थिक सहयोगमा स्नान गर्ने घर निर्माण भएको हो । 

३ वर्षमा निर्मित सो घरको सोमबार एक समारोहका बिच बैङ्कले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र बैङ्कका सिइओ ज्योति प्रकाश पाण्डेले नवनिर्मित भवन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरे । बैङ्कले हालसम्म पशुपति क्षेत्रमा विभिन्न संरचना निर्माणको लागी १३ करोड रकम खर्च गरिसकेको छ । 

इन्भेस्टमेन्ट बैङ्कले स्थापना कालदेखि नै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको जगेर्नाको निम्ति सहयोग गर्दै आएको छ ।  बैंककले २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको पशुपति परिसर क्षेत्रको जीर्ण संरचनाहरूलाई पुनः निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक रकम सहयोग गर्दै आएको छ । 

इन्भेस्टमेन्ट बैकले पशुपति क्षेत्र विकासको लागि १३ करोड रकम खर्च गरिसको छ र आउने दिनका पनि सहयोग गरिने बैकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बताए । 

पशुपति संग्रालयको महास्नान घरको समुद्घाटन समारोहका प्रमुख अतिथि पर्यटन मन्त्री जीवनराम श्रेष्ठले कार्यक्रममा बोल्दै नेपाल इन्भेस्टमेन्ट बैकले पशुपति विकाश क्षेत्रको विकास तथा सुधारका ठुलो सहयोग पुर्याएको, र यो महास्नान घरको म्युजियमले  पर्यटकहरू भित्र्याउन टेवा पुग्ने बताए । 


प्रतिक्रिया दिनुहोस्