हिमालयन बैंकद्धारा कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालन « Arthapath.com
६ भाद्र २०७९, सोमबार

हिमालयन बैंकद्धारा कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालन



काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बंैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राज भण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका हुन । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्