लगानीकर्ताको मर्कामा बैंकहरुको सहजता, सिआस्वा ६ बैंकले दियो निशुल्क

काठमाडौं । लगानीकर्ताको चौतर्फि गुनासो पछि सि आस्वा शुल्कमा छुट दिने बैंकको संस्था वृद्धि हुदै गइरहेको छ । नेपाल बैंकले सि आश्बा शुल्क नलिने भएको हो ।
बैंकको भदौ १३ गतेको निर्णय अनुसार भदौ १४ गते देखि लागू हुने गरेर सम्पूर्ण सि आश्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो । अव लगानीकर्ताले यस बैंकको कुनै पनि खाताबाट प्रथामिक शेयर,हकप्रद शेयर लगायतका विभिन्न धितोत्रत्रमा आवेदन दिदा कुनै पनि शुल्क तिर्नु पर्दैन् ।
यस अगाडि बैंकले १० रुपैयाँ सि आस्वा शुल्क लिदै आइरहेको थियो । हाल सि आस्वा निशुल्क गर्ने बैंकहरुमा एनआईसी एशिया बैंक, नबिल बैंक,सानिमा बैंक, कुमारी बैंक,नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकले दिदै छन् ।
नेपाल धितोपत्र बोर्डले पनि सि आस्बा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने ब्यबस्था गरेको छ ।