बैंक अफ काठमाण्डूको एटिएम तथा पिओएसमा मास्टरकार्डबाट कारोबार गर्न मिल्ने « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

बैंक अफ काठमाण्डूको एटिएम तथा पिओएसमा मास्टरकार्डबाट कारोबार गर्न मिल्ने



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको एटिएमबाट मास्टरकार्डको प्रयोग गरि पैसा निकाल्न तथा बैंकको पिओएसको प्रयोग गरि भुक्तानीहरु गर्न सकिने भएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब बैंकको जुनसुकै एटिएम तथा बैंकका पिओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन् ।

यो बैंकको एटिएम तथा पिओएसहरुमा भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । तरयो सम्जदारीले प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पिओएसको माध्यमबाट गर्न सकिने छ । साथै, उक्त सम्झौैता अनुशार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसंग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने छ ।

अब मास्टरकार्ड बाहेक बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्