“उच्चतम प्रतिफलका लागि” सिबिल प्रोर्टफोलियो अफ म्युटिअल फन्ड

काठमाडौं । यस सि.बि.आई.एल क्यापिटल लि.द्वारा लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सिबिआईएल प्रोर्टफोलियो अफ म्युटिअल फन्ड सुचारु गरिएको छ । सिबिआईएल प्रोर्टफोलियो अफ म्युटिअल फन्ड एउटा पृथक एवम् नविनतम् अवधारणमा आधारित योजना हो । यो योजनाले ग्राहकहरुलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना अन्र्तगत न्यूनतम लगानी तीन लाख बराबरको रकम वा शेयर, न्यूनतम अवधि २ वर्ष र वार्षिक सेवा शुल्क ०.५०प्रतिशत (उद्योगमा सबैभन्दा कम शुल्क) रहनेछ ।
तथा योग्य जनशक्तिद्वारा संचालित ,अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन, सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन मा लगानी योजनाका विशेषताहरु रहेका छन् । कम्पनीले निति तथा नियमको अधिनमारहि सबिआईएल प्रोर्टफोलियो अफ म्युटिअल फन्डलाई लगानीकर्ताहरु समक्ष ल्याएको छ । दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिन्छ । यो सेवा लिनको लागि ग्राहकहरुले सि.बि.आई.एल क्यापिटल लि.,बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लि. को डिल्लीबजार स्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।