कुमारी बैंक लाई “इ–कमर्स व्यवसाय २०२२ मा उत्कृष्टता“ अवार्ड « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कुमारी बैंक लाई “इ–कमर्स व्यवसाय २०२२ मा उत्कृष्टता“ अवार्ड



यहि मिति २०७९ भाद्र १५ मा भिसा अन्तर्राष्ट्रिय द्वारा “डिजिटल नेपालको लागि नेताहरूको सम्मेलन भुक्तानी नवीनता“ सम्मेलनको आयोजना भएको थियो । सो आयोजित नेतृत्व सम्मेलनमा भिसा अन्तर्राष्ट्रिय द्वारा कुमारी बैंक लिमिटेड लाई “इ–कमर्स व्यवसाय २०२२ मा उत्कृष्टता“ अवार्डले सम्मानित गरेको हो ।

यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्