नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा एमबान स्र्पोट्स मिट सम्पन्न

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा “एमबान स्र्पोट्स मिट २०२२” सम्पन्न भएको छ । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाईफ स्टाईल’ भन्ने नारासहित भदौ १७ गत धनवन्तरी फुटसलको प्राङ्गगणमा टेबल टेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्र्पधाहरु सम्पन्न भएको हो ।
जसमा ब्याटमिण्टन प्रतियोगिता अन्र्तगत भएका खेलहरुमा पुरुष डवल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उपविजेतामा नागरिक लगानी कोष त्यसै गरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेता ग्लोबल आइएमई क्यापिटल रहेका थिए ।
उक्त स्र्पोट्स मिट अन्र्तगत हुने फुटसलका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिम बिच प्रतिस्र्पधा भई सम्पन्न हुनेछन् । साथै, भदौ २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरिनेछ ।
उक्त कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले गरेका थिए । साथैे बिशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपाल ब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनाली रहेका थिए ।

