बैंक अफ काठमाण्डूको कार्डबाट ई कमर्स कारोबारमा गर्दा क्यासब्याक पाइने

काठमाडौं । बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।
बैंकको कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेकोमा ग्राहकहरुले कारोबार गरेको रकमको १० वा अधिकतम् १५०० सम्म नगद फिर्ता पाउनेछन् । नगदफिर्ता योजना यहि भदौं २२ गते बुधबारबाट सुरु हुनेछ ।
नगद फिर्ता योजनामा बैंकको कार्डबाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार वा सो भन्दा बढि रकम हुनपर्नेछ ।
यदि कोहि ग्राहकहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक ग्राहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् । अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्नेछन् ।
बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्युतीय माध्यमबाट भुक्तानी गरीरहेका छन् ।
पछिल्लो समय कार्डबाट हुने विद्युतीय भुक्तानी कारोबारमा यस बैंकको ग्राहकहरुको रुची वृद्धि भईरहेको छ । यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक ग्राहकहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।
यस नगद फिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक ग्राहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकहरुलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।