सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । मंगलबार सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
गत असार मसान्त सम्ममा बैंकले एक खर्ब एक अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रदान गरी एक अर्ब ३५ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको कुल शाखा संख्या एक सय ४७ पुगेसँगै बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र एक सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।