शोधनान्तर स्थिति १६ अर्ब घाटामा « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

शोधनान्तर स्थिति १६ अर्ब घाटामा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता एवम् शोधनान्तर स्थिति चालु खाता रु.१६ अर्ब भन्दा बढि घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशेका वर्तमान तथा वित्तीय अवस्थाको तथ्यांक अनुसार शोधनान्तर स्थिति १६ अर्ब २६ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई रु.८० करोड ३ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४० करोडले ऋणात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४८ करोड ६ लाख रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्