साउन मसान्तसम्ममा संघीय सरकारको कुल रु. २२ अर्ब २६ करोड खर्च « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

साउन मसान्तसम्ममा संघीय सरकारको कुल रु. २२ अर्ब २६ करोड खर्च



काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७९÷८० को साउन मसान्तसम्ममा संघीय सरकारको कुल रु.२२ अर्ब २६ करोड खर्च भएको छ । बिहीबार राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

यस अवधिमा चालु खर्चतर्फ रु.५ अर्ब ६६ करोड, पुँजीगत खर्चतर्फ रु.१ अर्ब ४८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ रु.१५ अर्ब १२ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व रु.७९ अर्ब ७२ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ ।

यसमध्ये कर राजस्व तर्फ रु.७० अर्ब ६४ करोड र गैर कर राजस्व तर्फ रु.९ अर्ब ८ करोड परिचालन भएको छ


प्रतिक्रिया दिनुहोस्