प्रभु बैंकका ग्राहकले गुर्जुधारा डेन्टल केयरमा सेवा लिँदा १० प्रतिशत छुट पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सहमति भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयरका तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त डेन्टल क्लिनिक बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले गुर्जुधारा सहमतीअनुसार डेन्टल केयरले सञ्चालन गरेको “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
सहमतिअनुसार गुर्जुधारा डेन्टलमा सुविधा लिने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गुर्जुधारा डेन्टल केयरका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यो सहमतिले बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।














