दुई बैंकका सीइओलाई प्रबल जनसेवाश्री, यी हुन सरकारले विभूषित गर्ने अन्य बैंकरहरु
काठमाडौं । सरकारले सविंधान दिवसको अवसर पारेर बैंकरहरुलाई विभिन्न पदहरुद्धारा विभूषित गर्ने घोषणा गरेको छ । सरकारले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सहित आधा दर्जन बैंकरहरुले विभूषित गर्ने घोषण गरेको हो ।
सरकारले एनएमबि बैंकका सीइओ सुनिल केसी र नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढंगानालाई प्रबल जनसेवाश्रीबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, प्रभु बैंकका डेपुटी सीइओ मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्ध दिनेश थकाली, बैंकर रुकमिण कुमारी ज्ञवाली राष्ट्र यशोवद्र्धक विभूषितबाट सम्मानिक गर्ने सरकारले निर्णय गरेको छ ।
साथै, बैंकर शिक्षा भट्टचनलाई समेत सरकारले विकास रत्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो ।














