एनसीसी बैँक र फोन पे बीचक्यास ब्याक सम्बन्धी सम्झौता « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

एनसीसी बैँक र फोन पे बीचक्यास ब्याक सम्बन्धी सम्झौता



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पे बीचदशैँ तिहार लक्षित क्यास ब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्मक्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दशैँ र तिहार गरी २ पटक यो अफर संचालनहुने भएको छ । दशैँ लक्षित यस अफर असोज ७गते देखि असोज १४ गतेसम्म संचालन हुनेछ भने तिहारलाई लक्षित गरीकार्तिक २ देखि कार्तिक ६ गते सम्म संचालन हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएमसञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आमनागरिककामाझविश्वासिलो बैकिङ्ग सेवाप्रवाहगर्नुका साथै सामाजिककार्यहरुमापनि सक्रीय रुपमा सहभागीहुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्