एक सातामा २६ अर्बले बढ्यो बैंकहरुको निक्षेप: कर्जा प्रवाहमा सुधार, सिडि रेसियो कति ? « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

एक सातामा २६ अर्बले बढ्यो बैंकहरुको निक्षेप: कर्जा प्रवाहमा सुधार, सिडि रेसियो कति ?



काठमाडौं । असोज महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुबैंमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघले प्रकाशित गरेको तथ्याङ अुनसार वाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले सुधार आएको छ ।

संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौं ३१ गतेबाट असोज ७ गतेसम्म आइपुग्दा २६ अर्ब भन्दा बढीले बढेर ४५खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । भदौ ३१ गतेसम्ममा भने वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो ।

साथै, यस अवधिमा वाणिज्य बैंकहरुले कर्जा प्रवाहमा पनि सुधार देखिएको छ । भदौं मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा असोज ७ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्