प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटल आकर्षक छुट « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटल आकर्षक छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाटहेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह रचुरे हिल हस्पिटलप्रा.लि.कातर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरि रहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले चुरे हिल हस्पिटल प्रालिद्धारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशत का साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गतचुरे हिल हस्पिटल प्रा.लि. मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,चुरे हिल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्