नबिल बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा २४२% बढ्दा अन्य सूचक कस्तो ? « Arthapath.com
७ कार्तिक २०७९, सोमबार

नबिल बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा २४२% बढ्दा अन्य सूचक कस्तो ?



काठमाडौं । नबिल बैंक लिमिटडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरको विवरण अनुसार खुद नाफामा छलाङ आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ११ करोड २२ लाख रुपैयाँ सिमित थियो ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँला नाफा पनि आकाशिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

साथै सो अवधिमा बैंकको संचालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ कराड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा १ अर्ब ११ करोड रहेको थियो ।

बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेर २ अर्ब ९१ करोढ रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी २२ अर्ब ८३ करोड २९ लाख, जगेडा कोष ४.३० प्रतिशतले बढेर २७ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्