हिमालयन बैंकको अधिकांश सूचकमा सुधार, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
७ कार्तिक २०७९, सोमबार

हिमालयन बैंकको अधिकांश सूचकमा सुधार, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १७.५८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद नाफामा सुधार आइ ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकका अधिकाशं सूचक आकाशिएको देखिएको छ । बैंकको ख्ुद ब्याज आम्दानी ६२.६३ प्रतिशतले बढेर १ अर्ब ८० करोड ७० लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ११ करोड ११ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, असोज मसान्तसम्ममा बैंकको संचालन नाफा २१.८७ प्रतिशतले बढेर ७८ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ६४ करोड ७७ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ, जगेडा कोष १२.८५ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड १४ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन १.३० प्रतिशतले बढेर १ खर्ब ७० अर्ब ६० करोड २७ लाख रुपैयाँ, कर्जा प्रवाह ३.५६ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १८.०४ प्रतिशतले घटेर २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्