माछापुच्छ्रे बैंकको मुनाफा घट्याे, वितरणयोग्य नाफा भने साढे १ अर्ब माथि
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको मुनाफा भने ओरालो लागेको छ ।
असोज मसान्तसम्मको अवधिमा बैंकको मुनाफा १९.६५ प्रतिशतले घटेर ४५ करोड ११ लाख ८३ हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोहि अवधिमा बैंकको मुनाफा ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५.८८ प्रतिशतले सुधार देखिएको छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा बढेर १ अर्ब ५४ करोड ४८ लाख ८ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा १ अर्ब ४५ करोड ९० लाख २ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५.८९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ३ लाख ५१ हजार रुपैयाँ रहेको छ । यता संचालन नाफामा भने बैंकको ओरालो लागेको छ । यस अवधिमा बैंकको संचालन नाफा २०.०१ प्रतिशतले घटेर ६४ करोड ४० लाख ८७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ८० करोड ५१ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनी चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ, जगेडा कोष ६.४१ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ७८ लाख १ हजार रुपैयाँ, निक्षेप संकलन ०.०८ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ९१ करोड ६९ लाख ९३ हजार रुपैयाँ र कर्जा प्रवाह ३.८७ प्रतिशतले बढेर १ खर्ब ३३ अर्ब ५४ करोड ८ लाख ८८ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा ५.८८ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४८ लाख ८ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ भने यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो ।














