वाणिज्य बैंकहरुको पहिलो त्रैमासिक वित्तीय रिर्पोट : कुनको बैंकको प्रगति कस्तो ? (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा बैंकहरुको नाफा ६ प्रतिशतले मात्र बढेको हो ।
सोमबार २६ वटा बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार उक्त अवधिमा १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ नाफा गरेका छन् । बैंकहरुको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९३ प्रतिशतले मात्र बढी हो । गत वर्षको असोज मसान्तसम्ममा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा गरेका थिए ।
६ वटा बैंकको नाफा १ अर्ब माथि
चालु आवको असोज मसान्तसम्ममा ६ वटा बैंकहरुको अर्ब बढी रहेको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा एनआईसी एशिया बैंकको देखिएको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ४८.७९ प्रतिशतले बढी हो ।
यस्तै, दोस्रो धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । बैंकले पनि १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ ।
त्यसैगरि राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २४ करोड ६६ लाख ७८ हजार, ग्लोबल आइएमई बैंकको १ अर्ब १८ करोड ९५ लाख ४५ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब १४ करोड ५ लाख ९७ हजार, कुमारी बैंकको १ अर्ब १४ लाख ५९ हजार नाफा कमाएका छन् ।
नाफामा प्रगति गर्ने बैंकहरु
पहिलो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६८.३९ प्रतिशतले वृद्धि भई ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ६८.२३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको असोज मसान्तसम्ममा एभरेष्ट बैंकको नाफा ४८.९५ प्रतिशत, सिभिल बैंकको ४२.२२ प्रतिशत, हिमालयन बैंकको १७.५८, सेञ्चुरी बैंकको १६.८९, प्रभु बैंकको १०.७९ प्रतिशतले नाफा वृद्धि भएको छ ।
एक दर्जन बैंकको नाफामा गिरावट
चालु आवको असोज मसान्तमा एक दर्जन बैंकहरुको नाफामा गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा सनराइज बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । बैंकको नाफा ६१.४९ प्रतिशतले घटेर १६ करोड ५८ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त अवधिमा कृषि विकास बैंकको नाफामा पनि ५४.४७ प्रतिशत, सिद्धार्थ बैंकको ४७.४८ प्रतिशत, मेगा बैंकको ४४.३३ प्रतिशतले गिरावट आएको छ ।
गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा सिटिजन बैंकको नाफा २७.०८ प्रतिशत, नेपाल बैंकको १९.९७ प्रतिशत, माछापुच्छ«े बैंकको १९.६५, एनएमबि बैंकको १३.४३, बैंक अफ काठमाण्डूको १०.७०, लक्ष्मी बैंकको ८.९३, सानिमा बैंकको ३.४५ र एनसीसी बैंकको ०.२३ प्रतिशतले घटेको छ ।
कुन बैंकको नाफा कति ?
