एनएमबि बैंकको मुनाफा ९० करोड माथि, वितरणयोग्य नाफामा छलाङ आउँदा अन्य सूचक कस्तो ? « Arthapath.com
७ कार्तिक २०७९, सोमबार

एनएमबि बैंकको मुनाफा ९० करोड माथि, वितरणयोग्य नाफामा छलाङ आउँदा अन्य सूचक कस्तो ?



काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वि त्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा कमि आएको छ ।

असोज मसान्तसम्मको अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा १३.४२ प्रतिशतले घटेर ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ आर्जन गरकेो छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

साथै कम्पनीले सो अवधिमा खुद ब्याज आम्दानी मार्फत २ अर्ब ५ करोड ४२ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । उक्त खुद ब्याज आम्दानी गत आर्थिक वर्ष भन्दा ४४.४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि त्रैमाससम्ममा खुद ब्याज आम्दानी १ अर्ब ४२ करोड २० लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब २३ करोड ३१ लाख ७४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष भन्दा ३८७.११ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ, संचालन नाफा १२.१२ प्रतिशतले घटेर १ अर्ब २९ करोड १९ लाख ३५ हजार रुपैयाँ, जगेडा कोष ६.५४ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड ९० लाख ५० हजार रुपैयाँ, निक्षेप संकलन २.२३ प्रतिशतले घटेर १ खर्ब ८० अर्ब ६९ करोड ६२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ ।

नाफामा कमि आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ दशमलव ७५ रहेकोमा चालू आर्थिक वर्ष १९ दशमलव ६९ मा झरेको हो ।


प्रतिक्रिया दिनुहोस्