कुमारी बैंकको साधारण सभा सोमबार बस्दैं, लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कुमारी बैंकको साधारण सभा सोमबार बस्दैं, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । कुमारी बैंकको २२औं बार्षिक साधारण सभा सोमबार (कात्तिक २१ गते) बस्दैछ । सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेगरी बोलाएको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छ ।

उक्त सभामा आर्थिक वर्ष २०७८।२०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।२०८० को लागि लेखापरीक्षक नियुत्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, बैंकले आर्थिक वर्ष २०७८। २०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५(१) (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जरमा जाने तथा प्राप्ति गर्न सञ्चालक समतिबाट गठित मर्जर समिति गठन गर्ने समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने।गाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्