२४.५ प्रतिशत लाभांश पारितका लागि मेगा क्यापिटलको साधारण सभा आज « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

२४.५ प्रतिशत लाभांश पारितका लागि मेगा क्यापिटलको साधारण सभा आज



काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज अर्थात मंसिर १६ गतेका लागि बोलाएको छ । सभा फेयरपिल्ड बाई म्यारिजओट, त्रिवेणी मार्ग, काठमाडौंमा दिउँसो ३ः३० बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २४.५ प्रतिशत नगद लाभांश दिन प्रस्ताव पारित गर्ने छ ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अन्य कुनै मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका कम्पनीसँग मर्जरमा जाने विषयलाई समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्