फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्