वाणिज्य बैंकको निक्षेप एक दिनमै ५ अर्बले घट्यो, कति छ सिडी रेसियो ? « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

वाणिज्य बैंकको निक्षेप एक दिनमै ५ अर्बले घट्यो, कति छ सिडी रेसियो ?



काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप घटेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप ६ अर्ब रुपैयाँले घटेको हो । दिनमै निक्षेप घटेर ५१ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

मंसिर १३ गते ५१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप बुधवार घटेर ५१ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेछ । गत मंगलबार ४७ खर्ब ६१ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बुधवार भने ४७ खर्ब ६० अर्ब रुपैयाँ कायम भएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । मंगलबार भने वाणिज्य बैंकमा ४५ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा भने स्थिर रहेको छ । मंगलबार ४२ खर्ब १६ अर्ब रहेको कर्जा प्रवाह बुधवार पनि सोही कायम भएको छ ।

सो अवधिमा सीडी रेसियो भने झिनो वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार मंगलबार ८६.७५ प्रतिशत रहेको सीडी रेसियो बुधवार भने ८६.८४ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्